ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त

वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्कालै लागू हुनेगरी र पूर्ण युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।
यस वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने कुरामा सहमति जनाएका छन् । तर उनले एक महिना लामो बृहत् युद्धविराममा हस्ताक्षर गर्नचाहिँ मानेनन् । साउदी अरबमा हालैको हप्तामा अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्पले पेस गरेको एक महिना लामो युद्ध विराम सम्झौतामा सहमति जनाएका थिए ।
यसमा हस्ताक्षरका लागि रुस र पुटिनलाई मनाउने जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई दिएका थिए । युक्रेनलाई दिँदै आएको विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भए मात्र बृहत् युद्ध विराम सम्भव हुने सर्त पुटिनले ट्रम्पसामु पेस गरेका छन् । यो सर्त युक्रेनको युरोपेली मित्र देशहरूले यस अघि नै अस्वीकार गरेका थिए । पुटिनसँग फोनवार्तापछि आइतबार अमेरिकी टोलीले युक्रेनी टोलीलाई साउदी अरबको जेद्दाहमा भेट्ने तय भएको थियो ।
रुस र युक्रेनबिच तीन वर्षदेखि युद्ध चलिरहेको छ । २०१४ यता रुसले युक्रेनको झन्डै २० प्रतिशत भूमिमा कब्जा जमाएको छ । ६ महिनाअघि युक्रेनले आक्रमण गरेर कब्जामा लिएको कुर्श्क क्षेत्रको भूभाग हालै रुसले फिर्ता लिइरहेको छ ।
मङ्गलवारको फोनवार्ताबाट ट्रम्पले निकै आशा थियो । तर पुटिनले सर्त अघि सारेपछि ट्रम्प एक हप्ता पूर्वका अवस्थामा पुगेका छन् । फोन वार्तामा दुई नेताले तत्कालै मध्य पूर्वमा अमेरिका र रुसी टोलीबिच शान्तिवार्ताका लागि थप छलफलका लागि सहमति चाहिँ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?
-
‘गणतन्त्र दान होइन, सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन्’
-
एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण दिने सम्झौता
-
अब गाडी फुल चार्ज हुन १० मिनेट पनि नलाग्ने
-
आईपीएलमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले कति पुरस्कार पाउँछन् ?
-
स्ववियु चुनाव : कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको दबदबा