बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनिता र बुचको सफल पुनरागमनबारे के भन्छन् एलन मस्क ?

बुधबार, ०६ चैत २०८१, ११ : २६
बुधबार, ०६ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि धर्तीमा फर्किएका छन् । ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका यी दुईले झन्डै साढे नौ महिनामा धर्तीमा टेके ।

पटक पटक उनीहरूलाई फर्काउने योजना सरेपछि अन्ततः एम्लन मस्कको स्पेसएक्स र अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी (नासा) ले मिलेर दुबैलाई फर्काउने अभियान चलाएका थिए ।

सुनिता र बुच सफलतापूर्वक धर्तीमा अवतरण गरेपछि मस्कले स्पेशएक्स र नासाको टोलीलाई बधाई दिएका छन् ।  ‘अर्को पटक पनि सुरक्षित रूपमा अन्तरिक्ष यात्री फिर्ता ल्याउन सफल भएकोमा स्पेसएक्स र नासा टोलीहरूलाई बधाई छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म स्पेसएक्समा लेखे ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि धन्यवाद दिए । सुनिता विलियम्स र बुच विल्मोर २०२४ को जुन ५ मा बोइङको स्टारलाइनर यानमार्फत आईएसएसमा गएका थिए । बोइङको यो अन्तरिक्ष यान मान्छे बोकेर पहिलो पटक अन्तरिक्षमा गएको थियो । 

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो । तर अन्तरिक्षयानमा स्टारलाइनरबाट हिलियम चुहिएको अनि पाँच वटा थ्रयटरमा समस्या भएपछि उनीहरूको फिर्ती रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?