बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी

बुधबार, ०६ चैत २०८१, १२ : १६
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति माफी मागेका छन् ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमायाचना मागेका हुन् ।

उनले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । बुधवारको बैठकमा घिमिरेले उक्त धारणा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताए ।

‘यही चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु’, घिमिरेले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?