बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान

बुधबार, ०६ चैत २०८१, ११ : ०२
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार जारी खेलमा गण्डकी प्रदेशको टोलीले बलियो विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि केवल ९३ रनको लक्ष्य दिएको छ । 

गण्डकी प्रदेश र पुलिस क्लब दुबैले आफ्नो छैटौँ खेल खेलिरहेका हुन् । पुलिस क्लबले यसअघि आफूले खेलेको पाँचवटै खेलमा जित हात पारेको छ ।

पुलिस क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । गण्डकी प्रदेशले भने पाँचमध्ये एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलेमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले २३.२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । गण्डकी प्रदेशका अर्जुन कुमालवाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । 

ओपनर ब्याट्सम्यान अर्जुनले ४८ रन बनाए । उनले ६३ बलको सामना गरी आठ चौका हिर्काए । रोहित चन्द र सुवाष भण्डारीले १०–१० रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान सुदिप अर्याल सात रनमा अविजित रहे ।  गण्डकी प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । प्रारम्भदेखि नै गण्डकी प्रदेशका ब्याट्सम्यानहरु पुलिस क्लबका बलरसामु निरीह बनेका थिए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा पनि १४ रन पायो । 

पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले पाँच विकेट लिए । जारी प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितले ५.२ ओभरमा दुई मेडन राख्दै केवल सात रन खर्चिए । गुलसन झाले पनि चार विकेट हात पारे । उनले आठ ओभरमा एक मेडन राख्दै ४२ रन खर्चिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?