बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

बुधबार, ०६ चैत २०८१, १० : ५९
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए । 

'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ चैत्र १० गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ', उनले बुधबार जारी गरेको सूचनामा भनिएको छ । 

बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?