बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ

गोदावरी । कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्या अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालको सम्पूर्ण भौतिक संरचना निर्माणकार्य सम्पन्न भए पनि बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो ।
वि.सं २०८१ असार मसान्तसम्म निर्माण सक्नेगरी २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग रु १८ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिए पनि म्याद थप गरी चालु आवको फागुन पहिलो साता सो अस्पतालको भौतिक संरचनाको निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । उनले अस्पताल भवन निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसक्दा भवन हस्तान्तरण हुननसकेको र अस्पताल सञ्चालनका लागि अवश्यक बजेट नहुँदा जनशक्ति व्यवस्थापनलगायत काम अघि बढ्न नसकेको बताए ।
ठेकेदार कम्पनीलाई रु तीन करोड चार लाख दिन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौधरीले बताए । उनले अस्पताल चाँडै सञ्चालन गर्न ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरी बजेट माग गरिएको बताए ।
उनले ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएपछि भवन हस्तान्तरण भएर अस्पताल सञ्चालनको प्रक्रिया पालिकाले अगाडि बढाउने बताए । अस्पताल सञ्चालनका लागि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा प्रमुख चौधरीले जोड दिए ।
पाँच वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चाँडै अस्पताल सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरको भनाइ छ ।
सो पालिकामा अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शययासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो । प्रदेशस्तरका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यासम्मका बनाइने उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी