मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रेग्मी निर्वाचित

मकवानपुर । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।
मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् ।
सचिवमा नेविसंघका उत्सव ढुंगानाले ७११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेलले ७०४ मत प्राप्त गर्दा क्रान्तिकारीका अमन रायले ५४४ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा मनोज घलान (७८९), उमेश चौधरी (७२५), दिवस चापागाईँ (७३४), साजिर अन्सारी (६७३), कृष्ण थिङ्ग (६३८), मन्दिप थापा (६३३), विवश अर्याल (६१६) र अतित अधिकारी (६२०) निर्वाचित भएका छन् ।
क्याम्पसमा अनेरास्ववियु र नेविसंघले संयुक्त रूपमा चुनाव लडेका थिए भने अखिल क्रान्तिकारी, अनेरास्ववियू र राजावादी विद्यार्थी संघठनहरुले छुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । निर्वाचनमा एक हजार २८१ जना विद्यार्थीले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो देखियो बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर, तस्बिरमा हेर्नुहोस्
-
सुदूरपश्चिमका १० क्याम्पसमा अनेरास्ववियुको जित
-
महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु जितेसँगै नेविसंघका कार्यकर्ता कुटपिटमा उत्रिए
-
‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई निर्देशन, सात दिनभित्र जानकारी गराउनुपर्ने
-
आईपीएलमा फरक कीर्तिमान बनाउँदैछन् तन्मय श्रीवास्तव
-
शिक्षक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त