आयुर्वेद क्याम्पसमा नेविसंघ प्यानल नै विजयी, तीन दलीय गठबन्धन पराजित

काठमाडौँ । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् । क्याम्पसमा चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पुरै प्यानल नै विजयी भएको हो।
निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववीयु, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू र नेपाल विद्यार्थी सङ्घबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
नेविसंघको तर्फबाट सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन्।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट लगभग सुरक्षित गरेको छ। यो जित संगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार ४ वटा स्ववियू निर्वाचनमा प्यानल नै जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन : शर्मा
-
गृह मन्त्रालयले गर्यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)
-
कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा १९ जिल्लामा लफडा
-
सबै खेल जित्दै आएको आर्मीलाई हराउन मधेश प्रदेशले २१८ रन बनाउनुपर्ने
-
नेपाल र कम्बोडियाबिच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
-
'११:५५' फिल्मको विषयमा के भन्छन् कलाकार ?