गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)का प्रभात साहानी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट सभापतिमा साहानी निर्वाचित भएका हुन् ।
साहानीले प्रतिस्पर्धी संयुक्त प्यानलकी रेनुका परियारलाई ४१ मतले पछाडि पार्दै ९९ मत लिएर विजयी भएका हुन्। परियारले ५८ मत ल्याएकी थिइन् ।
अनेरास्ववियु क्रान्तिकारीबाट सचिवमा पवन विकले ८५ मत, कोषाध्यक्ष स्मृति बुढाथोकीले ८९ मत ल्याएर विजयी भए । सदस्यमा क्रान्तिकारीका अजय केसीले ८२ मत, प्रमिला विकले ८८ मत र निकीता साहनीले ९० मत प्राप्त गरी विजयी भएका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियु (क्रान्तिकारी)ले ८३ मत प्राप्त गरेको छ, भने नेविसंघले ५१ मत, अनेरास्ववियुले ४ मत र अखिल छैठौले १३ मत प्राप्त गरेका छन् । यससँगै समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ३ वटा र नेवि संघबाट २ वटा सदस्य पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
-
मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो