बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने

बुधबार, ०६ चैत २०८१, ०७ : ४६
बुधबार, ०६ चैत २०८१

वासिंटन डीसी  । यस वर्षको एएनएबाट आयोजित “नेपाली राष्ट्रिय सम्मेलन”  अगस्त २२, २३ र २४ मा क्यानडाको क्यालगरी शहरमा हुने भएको छ।

एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीबाट संस्थागत रुपमा र सार्वजनिक रुपमा जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमा यस वर्ष अर्थात् सन् २०२५ को एएनए “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” आगामी अगस्त २२,२३ र २४ मा क्यानडाको क्यालगरीमा सम्पन्न हुने उल्लेख छ । 

अध्यक्ष अधिकारीबाट प्रेस विज्ञप्तिमा  ४२ वर्ष पछिको इतिहासमा ३७ वर्ष पश्चात् दोस्रो पटक क्यानडामा “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” को चिनारीबाट क्यानडामा सम्मेलन हुन लागेको उल्लेख गरिएको छ।

एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को गत मार्च ५, २०२५ बुधवारका दिनमा बसेको कार्यसमिति, संरक्षक समिति साथै सल्लाहकार समितिको संयुक्त र पूर्ण भर्चुअल बैठकले सर्वसम्मत निर्णयबाट सम्मेलनको स्थान, मिति तय गरेको हो । 

सम्मेलनमा सपरिवार उपस्थित भएर हरेक प्रत्येक कार्यक्रमहरूमा सहभागी हुनको लागि देश तथा विदेशमा रहेका सम्बन्धित सबैमा एएनए अध्यक्ष अधिकारीले   अनुरोध गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?