वन विज्ञान क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा भट्ट निर्वाचित
बुधबार, ०६ चैत २०८१, ०६ : १८

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहीले ११८ मत ल्याए ।
सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् ।
सदस्यतर्फ पनि गठबन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाका आङ्गिक क्याम्पसको मतपरिमाण सार्वजनिक, कहाँ को विजयी ?
-
आयुर्वेद क्याम्पसमा नेविसंघ प्यानल नै विजयी, तीन दलीय गठबन्धन पराजित
-
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?