बाहिरका प्रतिनिधि पठाउदा ठाकुरराम क्याम्पसको मतगणना स्थगित, आज कति बजेबाट ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार हुने भानिएको मतगणना स्थगित भएको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलले राति १० बजेदेखि मतगणना गर्ने सहमति भएपनि निर्वाचन समितिले अचानक मध्यरातमा एक सूचना जारी गर्दै मतगणना स्थगनबारे जानकारी दिएको हो ।
ठाकुरराम स्ववियु निर्वाचन समितिका अनुसार सबै सङ्गठन तथा समूहले बाहिरको मतगणनामा बाहिरको प्रतिनिधि पठाएकाले मतगणना स्थगित गरिएको हो । निर्वाचन समिति प्रमुख दिलिप सिंहले मतगणनामा बाहिरको प्रतिनिधि पठाइएकाले मतगणना स्थगित गरिएको पुष्टि गरे ।
उनका अनुसार मंगलबार स्थगन गरिएको मतगणना बुधबार बिहान १० बजेदेखि सुरु गरिनेछ । स्ववियु निर्वाचनमा मंगलबार बिहान ८ बजेबाट भएको मतदानमा कुल ४३०६ मत खसेको थियो ।
४ ठाउँबाट मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा भने १० हजार ७ सय २९ मतदाता थिए । स्ववियु सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश