मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित
मङ्गलबार, ०५ चैत २०८१, २३ : १८

रामेछाप। रामेछाप जिल्लाको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु)को प्यानल नै निर्वाचित भएको छ । मंगलबार राति सकिएको मतगणनाअनुसार क्याम्पसको स्ववियु सभापतिसहित अन्य पदमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो ।
क्याम्पस स्ववियु सभापतिमा अनेरास्वयवियुका सुशिल थापा २०७ मतसहित निर्वाचित भए । सभापतिमा नेविसंघका उम्मेदवार विपुल रोकाले १५२ मत पाएका छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीका अनुज भुजेलले ६५ मत पाए ।
सचिवमा मुकेश भन्डारी १८५ मतसहित र कोषाध्यक्षमा मसली तामाङ २०३ मत ल्याउँदै निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा तुलसा उप्रेती, यलिना माझी, जीवन पहरी र मनोज श्रेष्ठ निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’