एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिले साथ दिने

काठमाडौँ । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिहरूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनलाई सघाउने भएको छ ।
सोमबार भर्चुअल माध्यमबाट भएको बैठकले एकता महाधिवेशनलाई सघाउने निर्णय भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिए । उनले एनआरएनएमा एक भएर हिँड्न समेत आह्वान गरे।
उनले सर्वोच्च अदालतको परमादेश अनुरूप मे महिनामा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकता लगायत गैर आवासीय नेपालीहरूका मुद्दालाई टुङ्गोमा पुर्याउन सक्ने बताए।
नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे। उनले सर्वोच्चको फैसला बमोजिम मे महिनामा अधिवेशन आयोजना गर्दै सकभर सबै पक्ष सहभागी हुने वातावरण बनाउनु पर्ने बताए।
जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानडामा अहिले सम्म निकै कम मात्रै एनआरएनएको सदस्य बनेकाले सदस्यता अभियान तीव्र पार्नु पर्ने सुझाव दिए। जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिए। जनसम्पर्क समिति नेदरल्यान्ड्सका सभापति शालिक गौतमले एनआरएनए लाई एकताबद्ध भएर अगाडी बढाउनु पर्ने जनाए।
जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले सबै पक्षले महाधिवेशनमा भाग लिने वातावरण बनाउन उच्चस्तरीय समितिले सक्दो प्रयास गर्नु पर्ने सुझाव दिए। विमल सुवेदी (कतार) ले उच्चस्तरीय समितिले बालुवाटारस्थित सङ्घको सचिवालयमा बसेर काम गर्नु पर्ने बताए।
कांग्रेस नेता हरिबोल भट्टराईले एकताको विकल्प नभएको बताउँदै एनआरएन नागरिकता सम्बन्धी मस्यौदा हुँदै गरेको विधेयक कस्तो बन्दै छ चनाखो हुनु पर्ने बताए। बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नु पर्ने बताए। उनले बढी भन्दा बढी एनआरएनहरूलाई सदस्य बन्न प्रोत्साहित गर्न अभियान चलाउनु पर्ने सुझाव दिए।
केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले नेपाली कांग्रेस कानुनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनु पर्ने बताए।
बैठकमा जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, मलेसियाका सभापति चोलाकान्त पङ्गेनी, युएइका सभापति भुवानी तिम्सिनालगायतले एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी