एनसी एग्रो टेकले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौँ । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ ।
कम्पनीले आइपपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ ।
क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वि.संं. २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस एनसी. एग्रो टेक इण्ड्रष्ट्रिज लि.को रजिष्टर्ड (केन्द्रीय) कार्यालय टोखामा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी गैडाकोट –१४, नवलपुरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ