बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : २५ करोड बोकेर हिँड्ने ‘फुच्चे’, राजा फर्काउने आन्दोलन दुईतिर

मङ्गलबार, ०५ चैत २०८१, २२ : ००
मङ्गलबार, ०५ चैत २०८१

आज २०८१ चैत ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • महाभियोग अलपत्र

 कार्यक्षमताको अभाव र न्यायिक विचलनको आरोपसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग अलपत्र परेको छ । २०७८ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए ।

  • विराटनगरमा गुण्डागर्दी सुरु

विराटनगर–११ स्थित रत्ना होटलमा संचालित सम्राट् क्यासिनोमा छिर्न जाने र छिर्न नदिनेबिच आइतबार मध्यरातमा झडप भएको घटना प्रहरीकै मिलेमतोमा गुपचुप राखिएको खुलेको छ । आइतबार राती १२ बजे एमाले मोरङका जिल्ला सदस्य समेत रहेका किरण लामासहितको टोली होटलमा संचालित सम्राट् क्यासिनो जान खोजेका थिए । 

  • गाडीको आयु

नेपालमा २०६० साल फागुन मसान्तसम्म ४ लाख १८ हजार ९१० सवारीसाधन दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०६०/६१ को फागुन मसान्तसम्म २६ हजार ३४५ (६.७ प्रतिशत) ले वृद्धि भई ४ लाख सवारीसाधन पुगेको थियो । उक्त सवारीसाधन अहिले जीवित छन् वा पत्रु भइसके ? जानकारीमा छैन । तर हरेक वर्ष सवारीसाधन दर्ता वृद्धि निरन्तर भइरहेको छ ।

  • राजा फर्काउने आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिएका हुन् ।

राप्रपा नेपालले नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको  राजाराम बर्तौलाले जानकारी दिएका हुन् ।

  • न्यायालय

सर्वोच्च अदालतले बालयौन दुराचार मुद्दामा क्यानेडियन नागरिक पिटर जोन डाल्गलिशलाई ८ वर्ष कैद सजाय हुने उच्च अदालत पाटनकै फैसलालाई सदर गरेको छ । उक्त मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गत कार्तिक २१ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

  • प्रहरीमा नयाँ नेतृत्व

नेपाल प्रहरीको ऐन र नियमावलीमा कुनै परिवर्तन नभए नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा करिब ६ महिनामात्रै पदमा रहन्छन् । सोमबार साँझ निवर्तमान आईजीपी बसन्त कुँवरलाई बिदाइ गर्न आयोजित समारोहमा थापाले भने, ‘दिनको हिसाबमा ५ महिना १४ दिन छ तर, आज एकदिन गइसक्यो ।’

  • स्ववियु निर्वाचन

 देशभर आज (मंगलाबार) त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । देशभर त्रिविका ६२ वटामध्ये ४५ वटा र सम्बन्धनप्राप्त कलेजहरूमा मतदान भएको छ । 

  • २५ करोड बराबरको युरो र डलर 

चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट प्रहरीले ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।

  • कांग्रेस बैठक

प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्ने पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई पार्टीको बैठकमा पदाधिकारीसहितका नेताले र्‍याखर्‍याख्ती पारेका छन् । 

  • समिति बैठक

 चोरी पैठारी वा निकासीबाट भन्सारमा आएका सवारीसाधन भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा मंगलबार भएको भन्सार विधेयकमाथिको दफाबार छलफलमा सोसम्बन्धी दफालाई समितिले सर्वसहमतिले पारित गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?