ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
मङ्गलबार, ०५ चैत २०८१, १९ : ५०

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना आजै केहिबेरमा सुरु हुने भएको छ ।
स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबिच भएको छलफलले राति १० बजेदेखि मतगणना गर्ने सहमती गरेको हो ।
स्ववियु निर्वाचनमा मंगलबार बिहान ८ बजेबाट भएको मतदानमा कुल ४३०६ मत खसेको थियो ।
४ ठाउँमा मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा भने १० हजार ७ सय २९ मतदाता थिए ।
स्ववियु सभापतिसहितको पदाधिकारी चयनको लागि विहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।
स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जना उम्मेदवारी दिएपनि खासगरी कांग्रेसको बागी र आधिकारिक उम्मेदवारबिच प्रतिस्पर्धा आंकलन गरिएको छ ।