इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
मङ्गलबार, ०५ चैत २०८१, १९ : ४०

गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली वायु सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सख्या ४१३ पुगेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् भने अझैपनि धेरै मानिसहरु भग्नावशेषमा फसेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ ।
इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेकोले आक्रमणहरू पुनः सुरु गरेको दावी गरेको छ ।
इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले इजरायली सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण