बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने

मङ्गलबार, ०५ चैत २०८१, १९ : १९
मङ्गलबार, ०५ चैत २०८१

हेटौँडा ।  स्वविय निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको मतगणना केही बेरमा हुने भएको छ । 

निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधि बिचको छलफलले ७ः४५ बाट मतगणना गर्ने सहमति गरेको हो । 

निर्वाचन अन्तर्गत मंगलबार बिहान ८ बजेबाट भएको मतदान कार्यक्रममा १ हजार २८१ मत खसेको थियो । कुल २ हजार ६९८ मतदाता रहेको क्याम्पसको स्वविय सभापतिको लागि २ जना मैदानमा उत्रिएका छन् । प्रमुख २ संगठन अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामाले प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् ।

 

स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको छ भने नेविसंघसँगको गठबन्धन समेत रहेको छ । छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुन् । उनलाई राप्रपा विद्यार्थी संगठनको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?