मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
मङ्गलबार, ०५ चैत २०८१, १९ : १९

हेटौँडा । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको मतगणना केही बेरमा हुने भएको छ ।
निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधि बिचको छलफलले ७ः४५ बाट मतगणना गर्ने सहमति गरेको हो ।
निर्वाचन अन्तर्गत मंगलबार बिहान ८ बजेबाट भएको मतदान कार्यक्रममा १ हजार २८१ मत खसेको थियो । कुल २ हजार ६९८ मतदाता रहेको क्याम्पसको स्ववियु सभापतिको लागि २ जना मैदानमा उत्रिएका छन् । प्रमुख २ संगठन अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामाले प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको छ भने नेविसंघसँगको गठबन्धन समेत रहेको छ । छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुन् । उनलाई राप्रपा विद्यार्थी संगठनको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ