तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भने पछि मन्त्रालयले बजेट पठाएको हो ।
यसरी बजेट प्राप्त गर्नेमा भिमाद नगरपालिका १ तथा ऋषिङ गाउँपालिकाका ५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन् । यसैगरी, शुक्लागण्डकी १० मा आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ । यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको छ ।
भिमाद ३ तथा आँबुखैरेनी – ५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरणहरु उपलब्ध गराउँदै आएको सचिवालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक