निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित
मङ्गलबार, ०५ चैत २०८१, १९ : ०७

मकवानपुर । यहाँको निर्मल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रशान्त भण्डारी निर्वाचित भएका छन् ।
हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसको मंगलबार सम्पन्न मतदानको मतगणना अनुसार भण्डारीले ५३ मत सहित जित निकालेका हुन् ।
नेपाल विद्यार्थी संघ र अनेरास्वयुको संयुक्त प्यानलमा सभापतिको उम्मेदवार बनेका भण्डारीले अखिल समाजवादीकी उम्मेदवार नवीना घलानलाई पराजित गरेका हुन् ।
अनेरास्ववियुबाट नेविसंघको गठबन्धनमा उम्मेदवार बनेका भण्डारीले जित निकाल्दा घलानले ३१ मत प्राप्त गरेकी थिइन् ।
उक्त क्याम्पसमा भण्डारीसहित सबै पदमा उनको प्यानलले जित निकालेको छ । सो क्याम्पसमा ८७ जना मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी