बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता

मङ्गलबार, ०५ चैत २०८१, १९ : ००
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो ।

परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा गर्‍यौँ, विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल गर्‍यौँ र जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान गर्‍यौँ ।’ 

भेटमा आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?