लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति

काठमाडौँ । सांसदहरूले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरूले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुँदा पनि समयमा नै बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाएका हुन् ।
समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शून्य समयजस्तै प्रभावविहीन हुन थालेको बताए । समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए ।
सभापति पोखरेलले एजेण्डामा केन्द्रित हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बिचैमा रोक्ने काम उचित नभएको बताए। सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे ।
त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउँदै ११४ वटा उजुरी हुँदा पनि महिनामा एक पटक मात्रै बैठक बस्नु उचित नभएको बताए । राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने उनले जिकिर गरे ।
उनले डेडिकेटेट र ट्रङ्कलाइनको महसुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए । डेडिकेटेट र ट्रङ्कलाइनको महसुल बक्यौता उठाउनका लागि निर्देशन उनको माग थियो ।
त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए । उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुँदा फेरी समितिमा उजुरी आएको जिकिर गरे ।
त्यस्तै अन्य सांसदहरूले समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन विज्ञान क्याम्पस हेटौँडाको स्ववियु सभापतिमा भट्ट निर्वाचित
-
मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा
-
बेलायती र सिंगापुरे लाहुरेले गरे साढे पाँच करोड लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
ट्रम्पलाई टेरेनन् पुटिनले, पूर्ण युद्धविराम प्रस्ताव अस्विकार
-
बाहिरका प्रतिनिधि पठाउदा ठाकुरराम क्याम्पसको मतगणना स्थगित, आज कति बजेबाट ?