रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी

बुटवल । देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भए पनि रुपन्देहीका मुख्य ठुला क्याम्पसहरुमा तालाबन्दीले निर्वाचन रोकिएको छ ।
यहाँको ठुलो क्याम्पस मानिने बुटवल बुटवल बहुमुखी क्याम्पस, भैरहवाको पुरानो तथा ठुलो क्याम्पस भैरहवा बहुमुखी क्याम्पस, भैरहवाकै पक्लिहवा कृषि क्याम्पस, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस र श्री सरस्वती संस्कृत विद्यापीठ क्याम्पसमा तालाबन्दी गरिएको छ। रुपन्देहीमा रहेका १२ क्याम्पसमध्ये ८ वटामा विभिन्न संघ संगठनहरुले तालाबन्दी गरेका छन्। यसमध्ये तीन वटामा आज निर्वाचन भएको छ भने एउटामा यस अधि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको थियो ।
रुपन्देहीको कञ्चनस्थित हरैया बहुमुखी क्याम्पस, शुद्धोधनस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सैनामैना रामपुरस्थित सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पसमा आज मतदान भएको छ । अर्को देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा भने यसअघि नै स्ववियुको सिङ्गो कमिटी नै निर्विरोध निर्वाचित भइसकेको छ।
तालाबन्दी गरिएका कतिपय क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको असहमतिपछि निर्वाचन समिति नै विघटन गरिएको छ। भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।
लुम्बिनी प्रदेशका ५१ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको विद्यार्थीहरू नेताहरू बताएका छन् । लुम्बिनी प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त गरी १४६ वटा क्याम्पसमा निर्वाचन गर्नुपर्ने थियो ।
विद्यार्थी संगठन बिच विवाद भएपछि ९५ वटा क्याम्पसमा मात्र निर्वाचनका लागि सहमति जुटेको हो। जसमा ३६ क्याम्पस वटामा सर्वसम्मत रूपमा स्ववियू नेतृत्व चयन भइसकेको विद्यार्थी नेताहरू बताएका छन्।
कपिलवस्तुको कपिलवस्तु बहुमुखी क्याम्पस, बाणगंगा बहुमुखी क्याम्पस र आदर्श बहुमुखी क्याम्पस निर्वाचन सन्पन भएको छ । यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस पनि मतदान भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङका कुनै क्याम्पसमा भएन स्ववियु निर्वाचन
-
एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिले साथ दिने
-
एनसी एग्रो टेकले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने
-
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने नक्कली बुवा पक्राउ
-
नेवा एकता समाजद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन
-
सामाजिक संजालको दुरुपयोग रोक्न पहल भइरहेको छः अध्यक्ष बस्नेत