राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिएका हुन् ।
आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ। चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ।
दरबारले नवराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञानबहादुर शाहीले भने, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिनँ भनिसकेको छु ।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुसी हुने लिङ्देनले बताएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते