संविधान संशोधनमा कांग्रेसले पहिला पार्टीको आधिकारिक धारणा बनाउने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
‘संविधान संशोधनमा पार्टीकै नेताहरूबाट फरक–फरक धारणा आइरहेका छन् । ती धारणालाई पार्टीको संस्थागत धारणा भनेर कतिले भनिरहेका पनि छन् । तसर्थ संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको छ,’ सहमहामन्त्री उपाध्यायाले रातोपाटीसँग भनिन् । पार्टीले आधिकारिक धारणा बनाएपछि त्यही धारणालाई ल्याएर कांग्रेसले अन्य पार्टीहरूसँग संशोधनबारे छलफल गर्ने उनले बताइन् ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार बैठकमा राजावादीको प्रदर्शनका विषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरुपमा क्रियाशील हुने निष्कर्ष निकालेको उनले बताए । प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने विषयमा भने कुनै छलफल नभएको जिकिर गरे ।
अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्र पक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए । उनले समाजवादी मोर्चाले आह्वान गरे पनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लािग मोर्चाले गरेको निर्णय ठिक रहेको धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङका कुनै क्याम्पसमा भएन स्ववियु निर्वाचन
-
एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिले साथ दिने
-
एनसी एग्रो टेकले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने
-
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने नक्कली बुवा पक्राउ
-
नेवा एकता समाजद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन
-
सामाजिक संजालको दुरुपयोग रोक्न पहल भइरहेको छः अध्यक्ष बस्नेत