ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ४० प्रतिशत मतदान
मङ्गलबार, ०५ चैत २०८१, १८ : ००

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।
ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचनमा ४० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति प्रमुख दिलीप सिंहले साढे ७ घण्टा चलेको भोटिङमा ४३०६ वटा मत खसेको बताए । ठाकुरराम क्याम्पसमा आज भएको निर्वाचनमा १० हजार ७ सय २९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
सम्पन्न निर्वाचनको मतगणना आजै गर्ने वा भोली गर्नेबारे सबै सङ्गठन तथा समूहसँग छलफल गरेर केही बेरमा टुङ्गो लगाइने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते