ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतदान केन्द्रमा फर्जी मतदानको प्रयास गर्दा एक जना पक्राउ परेका छन्।
डोटीको शिखर नगरपालिका–४ का २५ वर्षीय भोजराज भट्टलाई नियन्त्रण लिएको हो। भट्ट कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी हुन्।
भट्टले मतदान केन्द्रमा पुगेर फर्जी मत हाल्न प्रयास गरेका थिए, तर मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको हो प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले भने।
भट्टको पक्राउ पछि, एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाँधली गरेको आरोप लगाएका छन्। यसैगरी, नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवारलाई जिताउन फर्जी मतदान गराउने आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
प्राधिकृत अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् र आगामी कारबाहीका लागि तयारी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते