पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् ।
स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताए ।
फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरे । गुण्डागर्दी बन्द गर्न र नगरे अनेरास्ववियु कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।
फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा १०० जनाले मतदान गरेपछि स्थगित भएको थियो ।
त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको थिएन । पाटनमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?