१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमकाबिच खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफीसमेत सार्वजनिक गरिएको थियो । लोगो र मस्कट सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । उनले खेलकुद मन्त्रालय र राखेपबिच विवाद नहुने गरि काम गर्न समेत निर्देशन दिए ।
विविध कारणले १० औँ राष्ट्रिय खेलकुद मिति सरे पनि अव तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ । मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए ।
मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लो समय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने