परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा र मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइबिच भेटवार्ता भएको छ । ‘राइसिना डायलग’मा सहभागी हुनेक्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री राणाले मल्दोभाका विदेशमन्त्री पोपसोइसँग भेटवार्ता गरेकी हुन् ।
भेटका क्रममा नेपाल-मल्दोभा सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा जलवायु परिवर्तनले नेपाललाई पारेको असर र सो समस्यासँग जुध्न मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।
परराष्ट्र मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह्य सहायता र नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् । उनले यसै साता हुन लागेको विदेशमन्त्री पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्ध थप गतिशील बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?