उदयपुरमा भीषण आगलागी, करोडौँको क्षति

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो ।
मंगलबार दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको छ । सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।
चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने