पर्सा मालपोतका प्रमुखसहित ६ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । पर्सा मालपोतका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारले २०७९ पुसमा अख्तियारले तिवारीसहित तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी शेख साजिद एकबालले साविक बेल्वा गाविस वडा नम्बर ८ मा रहेको युवा स्पोर्टस क्लबको नाममा रहेको एक रोपनी ५ आना जग्गा शेख सफी अहमदको नाममा गराएको भन्दै अहमदसहितलाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीहरूले प्रमाण लुकाउन मोठ पनि च्यातेको आरोप अख्तियारको थियो ।
गएको जेठ १६ गते विशेषले उक्त मुद्दामा फैसला गर्दै मोठ च्यातेको प्रमाणको अभाव भएको भन्दै उनीहरूलाई सफाइ दिएको थियो ।
अख्तियारले युवा स्पोर्टस क्लबको नाममा रहेको जग्गा व्यक्तिको नाममा लिने निर्णय टिप्पणीमा वीरगञ्ज महानगरपालिका ३१ को सिफारिस बमोजिम उल्लेख भएकोमा वडा कार्यालयको सिफारिस नदेखिएको, गलत लिखतबाट जग्गा व्यक्तिको नाममा पुगी क्लबको जग्गा हकाधिकार बेदखल भएको, जग्गाधनी स्रेस्ताको विवरण रहेको मोठ पाना नै च्यातिएकोलगायत आधार देखाउँदै विशेषको उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गरी अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ