सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गा लगायतका सम्बन्धमा देखिएको समस्यामा समाधानका लागि नीतिगत सुधारका योजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गा लगायतका सम्बन्धमा नीतिगत सुधारका योजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले गुठी किसानका समस्या समाधान गरी पीडित किसानका माग सम्बोधन गर्ने सम्बन्धमा सरोकारवालासँग थप छलफल गरी कार्यसम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐन संशोधन गरेर भए पनि स्वर्गद्वारी गुठी पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
उनले समस्या समाधानका लागि सरकारले गरेका पहललाई ध्यान दिन आग्रह गरे । मन्त्री अधिकारीले ऐन बनाएर नै बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्ने जिकिर गरे ।
बैठकमा स्वर्गद्वारी गुठी पीडित किसानहरूले आफ्नो मागका बारेमा समितिलाई जानकारी गराएका थिए । समिति सदस्यहरूले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको उपाय खोज्न सुझाव दिएका थिए ।
समिति बैठकले भेरी शीत भण्डारलाई दिइएको अनुदान कायम हुने सम्बन्धमा आवश्यक निर्णय गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?