मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
अपडेट

साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक

मङ्गलबार, ०५ चैत २०८१, १६ : ४२
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने साफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त  गरेको छ ।

 एन्फाका महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे ।   

यू–१९ साफ च्याम्पियनसिप आगामी वैशाख २८ देखि जेठ ४ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा ६ वटा राष्ट्रको सहभागिता रहने छ । 

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । माल्दिभ्स, भुटान र बंगलादेश प्रतियोगिताको समूह ‘ए’ मा परेका छन् ।

नेपाल, भारत र श्रीलंका प्रतियोगिताको समूह ‘बी’ मा छन् । समूहगत चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । 

त्यसपछि दुबै समूहबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलम पुग्नेछन् । 
नेपाली टोलीले आफ्नो पहिलो खेल वैशाख २८ गते श्रीलंकासँग खेल्नेछ 

 नेपालले आफ्नो दोस्रो खेल भने वैशाख ३० गते भारतसँग खेल्नेछ । नेपाली टोली यो प्रतियोगिताको साविक उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?