सार्वजनिक लेखा समितिले चैत १५ गतेभित्र २३ औँ वार्षिक प्रतिवेदन सदनमा पठाइसक्ने

काठमाडौँ । सार्वजनिक लेखा समितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्ने प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनका सन्दर्भमा बाँकी रहेका प्राविधिक कुराहरूमा सच्याउनुपर्ने भए चैत १० गतेभित्र अध्ययन गरेर सुझाव दिन सांसदहरूसँग आग्रह गरे ।
त्यस्तै बैठकले समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने उपसमितिले निष्कर्ष निकालेको छ । समिति सभापति पोखरेले उजुरीहरू लामो समयसम्म राख्दा अप्ठ्यारो हुने भन्दै आउँदो चैत १५ गतेसम्म टुङ्ग्याउनुपर्ने बताए । बुधवारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुंगो लगाउनुपर्ने बताए ।
बैठकमा बोल्दै सांसदहरूले समितिमा उजुरी पर्ने क्रम बढिरहेको उल्लेख गर्दै प्राथमिकीकरण गरी उजुरीहरू हेरिनुपर्ने धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक संजालको दुरुपयोग रोक्न पहल भइरहेको छः अध्यक्ष बस्नेत
-
आगलागीबाट तीन घर जल्यो, एक करोड २५ लाख बराबर क्षति
-
१० बजे १० समाचार : २५ करोड बोकेर हिँड्ने ‘फुच्चे’, राजा फर्काउने आन्दोलन दुईतिर
-
सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार
-
वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया