मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

२५ करोड अवैध रकम बरामद प्रकरण: यसरी लुकाइएको थियो पैसा

मङ्गलबार, ०५ चैत २०८१, १५ : ११
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । राजश्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको हो । 

अमेरिकी डलर, युरो लगायतको मुद्राहरू रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए । 

पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ । 

बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको बताए । 

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?