मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

बिपी राजमार्गको ‘डालाबेशी–चारसयबेशी खण्ड’को ठेक्का खुलाइयो

मङ्गलबार, ०५ चैत २०८१, १५ : ०६
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ ।  बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि दोस्रो खण्डको ठेक्का खुलेको छ । भक्तपुर सडक डिभिजन कार्यालयले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो ।

जसअनुसार डालाबेशीदेखी चारसयबेशीसम्मको साढे ८ किलोमिटर खण्ड पुनः निर्माणका लागि ठेक्का आह्वान गरिएको भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीले जानकारी दिए । काभ्रे जिल्लामा पर्ने यस खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको उनको भनाइ छ ।

‘यो खण्डमा के कति लागत लाग्छ भन्नेबारेमा अहिले भन्न मिल्दैन । यसको सडक डबल लेनमा बन्ने छ । के कति लागत लाग्छ ठेक्का सम्झौता भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘भोलि र पर्सिमा अर्को खण्डमा पनि ठेक्का लगाउने तयारी भइरहेको छ ।’

चारसयबेसीदेखि भकुण्डेबेशीसम्मको खण्डको ठेक्का लगाउने अन्तिम तयारी भएको उनले बताए । 

यसअघि बुधबार सिन्धुली सडक डिभिजन कार्यालय अन्तर्गत नेपालथोक–वर्खेखोला खण्ड करिब ५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । उक्त खण्डको लागत एक अर्ब बराबर रहेको जनाइएको छ । अब बिपी राजमार्ग अन्तर्गत २ खण्डको मात्रै ठेक्का लगाउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?