मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

भिभो भि५० नेपालमा सार्वजनिक

मङ्गलबार, ०५ चैत २०८१, १५ : ०१
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजन रहेको कम्पनीको भनाई छ । 

भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले रहेको छ । ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्बिरहरू कैद गर्न मद्दत गर्छ । 

सेल्फी पारखीहरूका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् अटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता राख्छ । एआई औरा लाईट पोट्रेट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल पोट्र्रेट इफेक्ट दिन्छ । बायोटार, बि–स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्छ । 

भिभो भि५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ। एआई ईरेज २.०, लाइभ कटआउट, फिल्म क्यामेरा मोड र लाइभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ । भिभो भि५० का गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ, तर सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ। एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रङहरू— स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ । 

प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५% छिटो सिपियु प्रदर्शन र ५०% सुधारिएको जिपियु पावर प्रदान गर्छ । १२ + १२ जि बी को विस्तारित र्‍यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ । आईप ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ ।

नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य रु. ६७,९९९ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?