मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

उपत्यकाका १५ पानीपोखरी व्यवस्थापन र नयाँ वितरण सञ्जाल सञ्चालन

मङ्गलबार, ०५ चैत २०८१, १४ : ३०
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्नका लागि पीआइडीबाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालनसमेत एससीएडीएमार्फत गर्ने व्यवस्था मिलाइएको योजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सोही व्यवस्थाअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट एससीएडीए प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको हो । साथै, एससीएडीए प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तीसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाटसमेत लिनसकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, एससीएडीए प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन, कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था मिलाइएको छ । नमूनाका रुपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको खानेपानी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?