काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेलाई प्रधानमन्त्रीले गराए शपथ
मङ्गलबार, ०५ चैत २०८१, १३ : ५७

काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् ।
कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए ।
शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?
-
लागत बढी तर उत्पादन कम हुँदा बढ्यो बाँझो जग्गा
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?