मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई

मङ्गलबार, ०५ चैत २०८१, १३ : ४५
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौं । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई गरिएको छ । मंगलबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले राष्ट्रिय फुटबल टीमको बिदाई गरेका हुन् । 

नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्नेछ । विदाई कार्यक्रममा टीमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए । नयाँ प्रशिक्षक भएपनि त्यसलाई सवैले सहजरुपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनको भनाइ थियो । उनले अवको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफका लागि तयारी हुनेसमेत उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टीम निर्माण भएको बताए । २३ सदस्यीय टीम बनाउँदा केही खेलाडी छुटेपनि मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा राम्रो नजिता आउनेमा आफु सकारात्मक रहेको उनको भनाई थियो ।


मुख्य प्रशिक्षक म्याट रसले सोमबार नै २३ सदस्यीय टीमको घोषणा गरेका थिए । जसअनुसार गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाएका छन् भने स्ट्राइकर रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टीममा फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?