मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
अपडेट

अपडेट : आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु*

मङ्गलबार, ०५ चैत २०८१, १३ : ४३
मङ्गलबार, ०५ चैत २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । 

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । 

आगलागीपछि हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । उनका आगलागीबाट १२ घर परिवारको १६ वटा घर/ छाप्रा जलेका छन् ।

 हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए । साना छाघर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

*यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?