कुशल फिल्ममेकर भन्दै अनुराग कश्यपले गरे रौनियारको प्रशंसा
मङ्गलबार, ०५ चैत २०८१, १३ : ३८

काठमाडौँ । बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले ‘राजागञ्ज’का निर्देशक दीपक रौनियारको प्रशंसा गरेका छन् ।
उनले एक भिडियो सन्देशमार्फत दीपक कुशल फिल्ममेकर भएको बताएका हुन् । आफू फिल्ममा जोडिन् पाउँदा गर्व लागेको समेत उनले उल्लेख गरेका छन् ।
अनुराग गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘राजागंज’का ‘कार्यकारी निर्माता’ हुन् ।
केही समयअघि फिल्म ‘शाम्बाला’को प्रिमियरमा नेपाल आएका अनुरागले त्यसबेला पनि दीपक र मीन भामको प्रसंसा गरेका थिए ।
‘पूजा सर’को नामबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी फिल्म उनले पनि हेरिसकेका छन् । फिल्म थ्रिलर र सोसल ड्रामामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
-
रोटरी सम्मेलन चैत ८ देखि
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक