राति १० बजेसम्म भोट माग्दै हिँडेको अनेरास्ववियुले जब एकाएक आरआरमा ताला लगायो...

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा सोमबार राति १० बजेसम्म अनेरास्ववियुका उम्मेदवारहरू भोट माग्दै हिँडेका थिए । सामाजिक सञ्जाल, फोन कल तथा म्यासेजमार्फत समेत विद्यार्थीहरूसँग भोट मागिएको थियो ।
अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्का समूहलाई जिताउन भन्दै टीम नै भोट माग्न व्यस्त थियो । त्यस्तै नेविसंघका उम्मेदवारहरू समेत चुनावी प्रचार प्रसारमा थिए । मौन अवधि भएपनि उनीहरू विद्यार्थीलाई भोटका लागि अपिल गर्दै थिए ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले समेत मतदानको अन्तिम तयारी गरिरहेको थियो । तर निर्वाचन तयारी अन्तिम चरणमा पुगेका बेला एकाएक आरआरको मुख्य गेटमा ताला लाग्यो । सानो कागजमा हातले लेखेर विज्ञप्ति टाँस्नुका साथै गेटमा ताला लगाइएको थियो ।
भोट मागिरहेका उम्मेदवारहरूको संगठनको तर्फबाट एकाएक तालाबन्दी भयो । अनेरास्ववियु काठमाडौँ क्याम्पस जिल्ला कमिटी कार्यवाहक अध्यक्ष अनिल बोहोरा र अनेरास्ववियू रत्न राज्यलक्ष्मी क्याम्पस अध्यक्ष सुशील खनालको हस्ताक्षरित विज्ञप्ति टाँसेर ताला लगाइएको हो ।
स्ववियु निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक फरक डिजिटल कार्यहरू प्रशासनबाट जारी भएको भेटिएको भन्दै तालाबन्दी गरिएको हो ।
रोचक कुरा के छ भने क्याम्पस प्रमुख, अधिकांश कर्मचारी आफ्नै पार्टीप्रति आस्थावान रहेको अवस्थामा अनेरास्ववियुले क्याम्पस प्रशासन र कर्मचारीमाथि मिलेमतोको आरोप लगाएको हो ।
‘राति १० बजेसम्म भोट मागिरहेका थिए । एकाएक तालाबन्दी गर्न पुगेछन् । हामी त भोली बिहान भोट हाल्न जानुपर्ला भन्ने सोचले बसिरहेका थियौँ । एकाएक तालाबन्दी भएको खबर आयो,’ एक विद्यार्थीले भने ।
अनेरास्ववियुका नेताहरूबीच आरआरको निर्वाचन समीक्षा भएको थियो । त्यसमा नेविसंघको माहोला राम्रो बन्दै गएको रिर्पोटिङ गरिएको थियो । जसले गर्दा आफू हार्ने देखिएपछि तालाबन्दीको हदसम्म पुगेको नेविसंघको आरोप छ ।
नेविसंघले आफ्नो माहोल राम्रो देखेपछि हार्ने मानसिकताका साथ तालाबन्दी गरिएको आरोप लगाएको छ ।
नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार विनोदराज जोशीले पराजयको मानसिकता देखिएर अनेरास्ववियुको तालाबन्दी गरेको बताए ।
तालाबन्दी गरिएपछि नेविसंघ लगायतका विद्यार्थी संघ संगठनहरूले क्याम्पस बाहिर विरोध प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
-
ऐन परविर्तन गरेरै गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम