मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्रालयको प्रगति : आठ महिनामा आठ किलोमिटर सडक निर्माण

मङ्गलबार, ०५ चैत २०८१, १३ : २२
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ । 

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति देखिएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन  मसान्तसम्म (८ महिनामा) ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । 

झापा, रोल्पा र पर्वत गरी ३  जिल्लाहरूमा  जम्मा ८.६  किमि निर्माण भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी जम्मा ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा मात्रै निर्माण गरेको मन्त्रालयले जनाएको छ । यसमध्ये १. गेरूका नदी पुल, सर्लाही, २.माडर पुल निर्माण, सिरहा न.पा., ३. तपोवन चौलानी नदी मोटरेवल पुल दार्चुला, ४. लिखु खोलापुल, सोलुखुम्बु र ५. सुखचैना बुधौराको पूर्व पुल सिरहा गरी ५ वटा सडकपुल निर्माण सम्पन्न भएको छ । 

त्यसैगरी ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?