धरहराबाट दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन
मङ्गलबार, ०५ चैत २०८१, १३ : ०३

काठमाडौँ । धरहराबाट हालसम्म दुई करोड रुपैयाँ बराबर रकम संकलन भएको छ । फागुन मसान्तसम्ममा धरहरामा धरहराबाट २ करोड ३७ लाख रकम संकलन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ बाट खुला गरिएको धरहरा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको थियो ।
सशुल्क सञ्चालन भएदेखि हालसम्म २ करोड ३७ लाख बढी रकम संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी सम्मेलन चैत ८ देखि
-
पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते
-
गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
-
पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
-
परराष्ट्रमन्त्री राणाले भेटिन् ट्रम्पका सुरक्षा निर्देशक