मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्ने दाबी

मङ्गलबार, ०५ चैत २०८१, १२ : ५६
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ ।  सहरी विकास मन्त्रालयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तीय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो । 

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  “कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए । 

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व सङ्कलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् । 

अन्य भौतिक प्रगतिहरू: 

– राष्ट्रिय सहरी नीति स्वीकृत भएको छ।

–स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई सञ्चालन

 –झापा स्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न 

–काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटि प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न  

–बागमती सुधार आयोजना अन्तर्गत यस आ।व।मा २०० मिटर नदी तटबन्ध, ३५० मिटर सडक कालोपत्रे र १५० मिटर मुख्य ढल निर्माण 

–नगर विकास कोषबाट सहरी खानीपानी सरसफाइ आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरोन्नति 

–सहरी उत्थान तथा जीविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसियाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?