मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

दलीय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेस्रो जनआन्दोलन आवश्यक : साह

मङ्गलबार, ०५ चैत २०८१, ११ : ४०
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउन विभिन्न कमान्ड तोक्नुका साथै समसामयिक विषयमा समेत महत्त्वपूर्ण निर्णय गर्ने अध्यक्ष प्रभु साहले बताए ।  

साहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलतन्त्र भएको बताए । उनले दलीय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेस्रो जनआन्दोलन आवश्यक भएको बताए ।

आजपाले २०८० साल चैत २४ तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । दलीय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपा अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उद्घोष गरेका थिए । 

‘अहिले लुटकारी दलाल दलतन्त्रको हालीमुहाली छ । दलका सीमित नेता र तिनका आसेपासे मोटाएका छन् । लुट-भ्रष्टाचार, कुशासन, अनियमितता, मनोमानी बढ्दै गइरहेको वर्तमान अवस्थामा जनताको शासनका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन’,  साहले भने, ‘अब जनताको गणतन्त्रका लागि हामी सडकमा आउनैपर्छ । भ्रष्ट दलीय व्यवस्थाको खारेज गर्नैपर्छ ।’

आजपाले आउँदो २४ चैतमा काठमाडौँको भृकुटीमण्डपमा विरोध सभा र प्रदर्शन गर्न लागेको छ । त्यसैको पूर्वसन्ध्यामा बस्न लागेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउने बारेमा रणनीति तय गर्ने बताइएको छ । 

आजपाले विगतदेखी नै भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर आतङ्क, वैदेशिक रोजगार ठगी लगायतका विषयमा निरन्तर संघर्ष गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?